निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिए
पाेखरा | असार ९, २०८०
पोखरा: पोखरामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिएका छन् ।
समानताको लागि आवाज भन्ने मूल नारासहित पोखरामा क्रियाशिल रहेको ‘आवाज नामक संस्था’ले पोखरा महानगरपालिका १४ विजय वस्ती चाउँथेमा शनिबार आयोजना गरेको नाक, कान र घाँटी निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिएका हुन् ।
पोखरा ईएनटी अस्पतालको सहकार्यमा आवाज नामक संस्थाले निशुल्क स्वास्थ्य शिविर पोखरा १४ विजयवस्तीमा सम्पन्न गरेको संस्थाका अध्यक्ष प्रकाश सुनारले जानकारी दिए ।

निशुल्क स्वास्थ्य शिविरमा नाक, कान र घाँटीमा समस्या देखिएका बिरामीहरुलाई ‘आवाज संस्था’ले निशुल्क औषधि समेत वितरण गरेको छ ।
पोखरा ईएनटी अस्पताल तथा नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्र नेपाली र मेडिकल अफिसर अलिसा सुर्खेटीले स्वास्थ्य शिविरमा बिरामीको चेकजाँच गरेका थिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

